Indrenionline.com

पूर्व सभामुख महराले गरे रोल्पाबाट पहिलो मतदान

इन्द्रेणी संवाददाता
स्थानीय तहको निर्वाचनमा पूर्व सभामुख कृष्णबहादुर महराले आफ्नो मतदान केन्द्र रोल्पाबाट मतदान गरेका छन ।

महराले रोल्पा नगरपालिका १ स्थित तारा माध्यामिक विद्यालयबाट पहिलो मतदान गरेपछि उक्त केन्द्रमा मतदान सुरु भएको थियो ।

स्थानीय सरकारको दोश्रो कार्यकालका लागि आज भइरहेको मतदानमा बिहानैदेखि मतदाताहरुको उत्साहजनक सहभागिता रहेको छ।