Indrenionline.com

‘संघीय योजना भाइरल, उपमहानगरपालिका योजना अलपत्र’

इन्द्रेणी संवाददाता
घोराही उपहानगरपालिकाभित्र घोराही रक्षाचौर सडक जुन अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । जसका कारण उक्त सडकलाई नै ‘भाइरल रोड’ भन्ने गरिन्छ । संघन शहरी विकास कार्यक्रम अन्र्तगत संघीय सरकारले १४ करोड, ८४ लाख २६ हजारको लागतमा २०७५ असार २ गतेदेखि १४ किलोमिटर कालोपत्रे विस्तारको थालनी गरेको हो । त्यस्तै संघन शहरी विकास कार्यक्रम अन्तर्गत घोराही रामपुर प्याकेज ३ अन्र्तगत ५३ करोड ३४ लाख ४५ हजार लागतमा निर्माण भएको हो भने सर्रा–सौडियार , नारायणपुर नारेवाङ, नारायणपुर दुन्द्रा कटुकी र गरुवागाउँ– लेटार सडक संघन शहरी विकास कार्यक्रम अन्तर्गत निर्माण सम्पन्न भएका हुन ।

संघीय सरकारले लगानीमा सडक पूर्वाधार योजनाहरु अहिले घोराही उपहानगरपालिका भित्र भाइरल बनेका छन् । तर स्थानीय सरकारको लगानीमा निर्माण हुन लागिरहेका सडक पूर्वाधारहरु अलपत्र परेका छन् । घोराही बजारको मुख्य चोक दामोदर चोकदेखि आर्मी ब्यारेक जोडिने सडक निर्माण सुरु भएको धेरै समय भइसकेको छ । तर सडक निर्माणको काम अलपत्र छ । जसका कारण सर्वसाधारण र स्थानीय व्यावसायीहरु सडकको हिलोधुलो शिकार बन्नु परिरहेको छ ।

स्थानीय व्यावसायी थमराज जिसीले भन्नुभयो–‘ उपहानगरपालिकाले भाइरल रोड बनायौैं भन्छन, बजारकै सडक बनाउन नसक्ने उपमहानगरले कहाँ गएर भाइरल रोड बनाए ? मुख्य बजारकै सडकको अवस्था यस्तो छ । करोडौको सडक बनाउन सरकारले हजार लाख सडक बनाउन किन सक्दैन ? ’ उपमहानगरपालिकाले काम नगरी कुरा प्रचार धेरै गर्दा उपमहानगरवासी प्रति अन्याय गरेको उहाँले सुनाउनुभयो । बजारक्षेत्रको सडक निर्माणको काम अलपत्र पर्दा बजारवासीले धेरै समस्या भागी रहेकाले सडक निर्माणको काम मध्यनगर गर्न सरोकारवालाहरुसँग आग्रह गर्नुभयो ।