काठमाडौँ, १९ बैशाख । स्थानीय तह निर्वाचनमा २१ वर्षदेखि ९४ वर्षसम्मकाले उम्मेदवारी दिएका छन् । प्रतिस्पर्धामा उत्रिएकामध्ये २१–४० वर्षका युवामात्रै ४१ प्रतिशत रहेका छन् । कुल उम्मेदवारी १ लाख ४४ हजार ८ सय ५९ जनाको परेकामा युवा ५९ हजार ४ सय २ जना छन् ।
एमालेले रूपन्देहीको कोटहीमाई गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय श्यामसुन्दर यादवलाई उम्मेदवार बनाएको छ । सप्तरीको तिरहुत गाउँपालिकाको अध्यक्षमा माओवादीका रामकुमार रजक, बझाङको दुर्गाथली गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका त्रिविक्रम सिंह पनि यही उमेरका उम्मेदवार हुन् । २१ वर्षकै उम्मेदवारमा नेपाल
सद्भावना पार्टीबाट बर्दिबास नगरपालिकामा नागेन्द्र सिंह, बहुजन समाज पार्टीबाट महोत्तरीको भँगहरा नगरपालिकामा रोहितकुमार सदा, जनमत पार्टीबाट सर्लाहीको बसबरिया नगरपालिकामा दीपेशकुमार यादव, जनता समाजबादी पार्टीबाट पर्साको कालिमाई गाउँपालिकाबाट वशिष्ट कुमार छन् ।
मौलिक जरोकिलो पार्टीले गोरखाको अजिरकोट गाउँपालिकामा वसन्त देवकोटालाई अध्यक्षमा उठाएको छ । उपप्रमुख र उपाध्यक्षमा २१ वर्षका २२ जना उम्मेदवार छन् । स्थानीय चुनावमा २१ वर्षभन्दा कम उमेरले उम्मेदवारी दिन पाउँदैनन् । कान्तिपुरबाट