इन्द्रेणी संवाददाता
काठमाडौं, १५ माघ । स्थानीय तहको चुनावको मितिबारे छलफल गर्न सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आन बस्दैछ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालबीच हिजो भएको छलफलपछि आज गठबन्धनको बैठक बोलाइएको हो।
तर बैठकको समय अहिलेसम्म टुङ्गो नलागेको प्रधानमन्त्री देउवाका स्वकीय सचिवले बताए । स्थानीय तहको चुनावलाई लिएर गठबन्धनभित्रै मतभेद छ ।
