काठमाडौं, १४ माघ । निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई पटक पटक ताकेता गर्दै आएको छ । तर सत्तगठबन्धन संघीय निर्वाचन अघि गर्ने कि स्थानीय निर्वाचन अघि गर्ने भन्नमै अन्यौलमा छन् ।
आयोगको पटक पटकको ताकेताले प्रतिपक्षी दल एमालेलगायत केही नेतालाई उत्साहित बनाएको छ तर यो प्रकरण भित्र लुकेका केही तथ्यबारे थप प्रष्ट हुनै पर्ने अवस्था देखिएको छ । यस प्रयोजनका लागि सत्तारुढ पाँच दलीय गठबन्धनले सूक्ष्म विश्लेषण गरिरहेको छ । विस्तृत छलफल गरेर मात्रै यसबारे धारणा प्रष्ट पार्ने तयारीमा गठबन्धन रहेको छ ।