काठमाडौं, १२ माघ । राष्ट्रिय सभाको निर्वाचन आज हुँदैछ । फागुनदेखि रिक्त हुने १९ पदका लागि सातै प्रदेशमा आज निर्वाचन हुन लागेको हो ।
पालिकाका १४ सय ९३ जना र प्रदेश सभाका ५ सय ३२ जना गरेर २ हजार २५ जना मतदाता छन् । प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । चुनावमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी नौ दलका ४३ जनाले उम्मेदवारी दिएका छन् ।