सुर्खेत, ९ माघ । सेवाग्राहीको अत्यधिक भिड बढेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवा प्रवाहलाई सहज बनाउन आजदेखि ‘वार’ प्रणाली लागू गरेको छ ।
उहाँका अनुसार आइतवार र शुक्रवार लेकबेशी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र पञ्चपुरी नगरपालिका, मङ्गलवार वीरेन्द्रनगर नगरपालिका, सोमवार र मङ्गलवार भेरीगङ्गा नगरपालिका, चिंगाड गाउँपालिका र बराहताल गाउँपालिका, बुधवार र बिहीवार गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकाका सेवाग्राहीका लागि पालो निर्धारण गरिएको छ ।
प्रशासनले वार प्रणालीबमोजिम अनिवार्य स्वास्थ्य मापदण्ड अपनाइ पूर्ण खोप लगाएको कार्ड वा त्यसको मोबाइलमा खिचिएको फोटो भए पनि साथमा लिएर आउन सम्बन्धित सेवाग्राही र पालिकालाई आग्रह गरेको छ ।