इन्द्रेणी संवाददाता
घाेराही, ६ माघ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का सदस्य सचिव जीवनारायण काफ्लेले प्राविधिक कलेजहरूले सीपयुक्त जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएकाे छ ।
उहाँले कृष्ण सेनलाई सरकारले नमुना शिक्षालय घाेषणा गरिसकेपछि निकै राम्राे काम गरेकाे बताउनुभयाे । उहाँले शिक्षालयकाे थप भाैतिक तथा जनशक्ति व्यवस्थापनका लागि आफूले सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
कार्यक्रममा सिटिइभिटीका पाेली टेक्निक डाइरेक्टर यमप्रसाद भुर्तेलले शिक्षालयकाे शैक्षिक तथा समग्र सुधारका लागि आफूहरूले सक्दाे सहयाेग गर्ने बताउनुभयाे ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन गाैतमले दाङलाई प्राविधिक शिक्षाकाे हब बनाउने आफूहरूकाे याेजना भएकाे बताउनुभयाे । उहाँले शिक्षालय स्थापनाका लागि यहाँका राजनीति दलहरू, जनप्रतिनिधि, शिक्षाप्रेमी तथा सिटिइभिटीले राम्राे सहयाेग गरेकाे बताउनुभयाे ।
शिक्षालयका प्रमुख अच्युतराज दाहालले शिक्षालयकाे समग्र विकासका लागि दीर्घकालीन गुरूयाेजनाकाे तयारी भइरहेकाे बताउनुभयाे ।
कार्यक्रमकाे सञ्चालन शिक्षालयका उपप्रमुख केशरमान बुढाथाेकीले गर्नुभएकाे थियाे ।
