Indrenionline.com

आज मेघगर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौं, २४ पुस । आज चार प्रदेशका धेरै ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । मेघगर्जनरचटयाङ्गसहित हल्का वर्षा भए पनि यसअघिको जस्तो ठूलो पानी भने पर्ने छैन ।

नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । अरु बाँकी प्रदेश १, दुई र वाग्मती प्रदेशमा भने मौसम बद्ली रहने महाशाखाले जनाएको छ । पर्सिदेखि भने मौसम सुधार हुने र घाम लाग्ने छ।