Indrenionline.com

झापामा व्यास् सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, १२ जना घाइते

झापा, २२ पुस । गएराति झापाको मेचीनगरमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् ।
मेचीनगर नगरपालिका ७ पिपलचोकमा आगलागी हुँदा निभाउने क्रममा मेचीनगर–८ का ४५ वर्षका सारद राजवंशीको ज्यान गएको हो ।

स्थानीय केशव पाठकको एक तले कच्चिघरमा आगलागी हुँदा ग्यास सिलिन्डर पड्किँदा अन्य १२ जना घाइते भएक जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसरी घाइते हुनेहरुमा लेखनाथ तिमल्सिना, गोविन्दप्रसाद राजवंशी, दिपेन्द्र कार्की, चन्दन गौतम, सुबलाल राजवंशी, विनोद गिरी, नवराज श्रेष्ठ, सन्देश बोहोरा, भवानीशंकर न्यौपाने, हरि विक, निर्मल शर्मा र सुशीला अधिकारी रहेका छन् । घाइते ११ जनाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।