रुकुम, २१ पुस । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ मा खानेपानी आयोजना निर्माण हुने भएको छ । सो वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया सुरु भएको हो । खानेपानी आयोजनाको शिलान्यास पनि गरिएको छ ।
वडाका करिब ५०० घरधुरीमा खानेपानीको सहज सुविधा पुर्याउने गरी खानेपानी आयोजना निर्माणको प्रक्रिया शुरू गरिएको वडाध्यक्ष शान्तबहादुर विकले बताए । पञ्चवर्षीय योजना भएकाले क्रमागतरुपमा यो खानेपानी आयोजनाले पूर्णता पाउनेछ । चालु आर्थिक वर्ष २०७८ ७९ मा एक करोड पाँच लाख बजेटको काम हुने बताइएको छ ।