काठकाडौं, २१ पुस । बालुवाटारस्थित ललितानिवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा जिल्ला अदालत काठमाडौंबाट चार सयभन्दा धेरै प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूलाई प्रहरीले पक्राउ गर्न भने चासो दिएको छैन ।
चारवटा मुद्दामा गरेर झन्डै साढे चार सय प्रतिवादी तय भएको र त्यसमध्ये केही व्यक्ति सबैजसो मुद्दामा प्रतिवादी रहेको सिआइबी उच्च स्रोतले बताएको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध मुद्दा चलाएको थियो । अख्तियारको अनुसन्धानमा छुटाएका व्यक्तिलाई पनि प्रहरीले लिखत किर्ते मुद्दामा प्रतिवादी बनाउने भएको छ । सिआइबी प्रमुख डिआइजी धीरजप्रताप सिंहले अनुसन्धान अन्तिम चरणमा पुगेको र छिटै रायसहितको प्रतिवेदन बुझाइने बताए ।
सिआइबीले भूमि व्यवस्था र भौतिक योजना मन्त्रालयका तत्कालीन सचिवसम्मलाई प्रतिवादी बनाएर मुद्दा अघि बढाउन लागेको छ । भौतिक योजनाका तत्कालीन सचिव दीप बस्न्यात तथा भूमिसुधारका छविराज पन्त र दिनेशहरि अधिकारीसम्मलाई पक्राउ पुर्जी जारी भएको छ । नयाँ पत्रिकाबाट