Indrenionline.com

शुरु भयो माओवादी केन्द्रको नेतृत्व चयन प्रक्रिया

काठमाडौं, १७ पुस । पुस ११ गतेदेखि काठमाडौंमा शुरु भएको नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित भएपछि चुनावी प्रक्रिया शुरु भएको हो ।

माओवादीको निर्वाचन समितिले बन्द सत्र स्थल प्रज्ञा भवन कमदालीमा एक हजार सात सय ४२ जना मतदाताको नामवली टाँसेको छ । बेलुका पाँच बजेसम्म सहमतिकै आधारमा केन्द्रीय सदस्यको नाम टुंग्याउने र त्यसो हुन नसकेमा चुनाव गर्ने माओवादीले जनाएको छ ।

माओवादीमा १५ सदस्यीय पदाधिकारी र दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी हुने प्रावधानसहितको विधान मस्यौदा पारित गरेको छ । अध्यक्षमा भने प्रचण्डको विकल्पमा कसैको दावी नभएकाले उनी नै फेरि अध्यक्ष हुने निश्चित जस्तै छ ।