Indrenionline.com

राप्ती साहित्य परिषद्को केन्द्रीय अध्यक्षमा उदासी

इन्द्रेणी संवाददाता
दाङ, १७ पुस । राप्ती साहित्य परिषद्को चौधौँ अधिवेशनबाट केन्द्रीय अध्यक्षमा वरिष्ठ साहित्यकार टीकाराम उदासी चयन भएका छन् ।

परिषद्को आज शनिबार सम्पन्न चौधौँ अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कमलमणि देवकोटा, उपाध्यक्षमा दीपक शर्मा ‘समीर’, कविता उपाध्याय, विमला खनाल, प्रविण भण्डारी, मनलाल वली, कमानसिं विष्ट चयन भएका छन् ।

परिषद्को महासचिवमा रमेश सुवेदी, सचिवमा आदिम केसी र कोषाध्यक्षमा खेमराज मल्ल चयन भएका छन् । सदस्यहरुमा छविलाल कोपिला, गोपाल भुसाल अभिलाषी, सरीता देवकोटा, इन्द्र भण्डारी अङ्कित, सरिता चलाउने, माहनसिंह घर्ती मगर, सिर्जना शर्मा, ओमबहादुर खत्री, पूर्णबहादुर वली, ओम पन्छी, गीता निर्दाेषी, नारायण रेग्मी जिज्ञासु, जमुना गौतम, शिवकुमार शाही, गोविन्द पुन ‘गिरीष’, देवेन्द्रकुमार रिजाल, नवराज शर्मा र शान्ता गिरी चयन भएका छन् । दाङमा केन्द्रीय कार्यालय रहेको परिषदले लामो समयदेखि साहित्यिक क्षेत्रमा काम गर्दै आएको छ ।