काठमाडौं, १५ पुस । गुरुङ समुदायले मनाउने आज तमु ल्होसार पर्व । यो समुदायले आजको दिनलाई पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर मनाउने गर्दछन् ।
पुस १५ अर्थात आजको रात सबैभन्दा लामो हुने भएकाले पनि यो पर्वको महत्त्व छ । यो पर्वको अवसरमा आज सरकारले सार्वजनिक विदा समेत दिएको छ ।
तमु ल्होसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले शुभकामना व्यक्त गरेका छन् ।