Indrenionline.com

माओवादी केन्द्रको आठौँ महाधिवेशन आज

काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि काठमाडौंमा शुरु हुँदैछ । दिउँसो १ बजे कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा महाधिवेशनको उद्घाटन हुनेछ । महाधिवेशनको सबै तयारी पूरा भइसकेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।

यसअघि प्रथम राष्ट्रिय सम्मेलन गर्ने भने पनि वडा तहदेखि नै माओवादी केन्द्रले सबै प्रक्रिया गरेको र गर्नै पर्ने संवैधानिक व्यवस्थाका कारण यसलाई आठौँ महाधिवेशनका रूपमा गर्न लागिएको माओवादीले जनाएको छ । महाधिवेशन अघि माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्नेछ ।

बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णयलाई अनुमोदन गर्ने छ । अधिवेशन पुस १३ गतेसम्म चल्नेछ । अधिवेशनपछि पहिलो पटक माओवादी केन्द्र वहुपदीय प्रणालीमा जाँदैछ ।