Indrenionline.com

प्रतिपक्षीको अवरोधबीच दुई अध्यादेश पारित

काठमाडौँ, ६ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधबीच प्रतिनिधिसभाबाट आज दुई ओटा अध्यादेश पारित भएका छन्।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रस्तुत गरेका ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ु र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ु पारित भएका हुन् ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दुवै प्रस्ताव अस्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सुवालले अस्वीकार प्रस्ताव फिर्ता गर्न अस्वीकार गरेपछि प्रतिपक्षी दल एमालेको नाराबाजीबीच दुवै अध्यादेश सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।