काठमाडौं, ६ पुस । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीका संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट रवीन्द्रले गरे मिलनलाई पार्टीबाट निष्काशनगरेका छन् ।
“विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका तपाईँले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राख्नुभयो । त्यसबारेमा तपाईँसँग पुस ४ गतेसम्मको समय दिएर लिखित स्पष्टीकरण च सं ५०१० माग गरिएको थियो । तपाईँले बरु उल्टै पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको देखिन्छ । अतः तपाईँलाई आजकै मितिदेखि लागू हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्काशन गर्ने निर्णय गरिएको छ”, विज्ञप्तिमा भनिएको छ ।