काठमाडौं, २४ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि काठमाडौंमा शुरु हुँदैछ ।
कार्यक्रममा मुख्य दलका प्रमुख तथा प्रतिनिधिहरुले सम्बोधन गर्नेछन् भने विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने कांग्रेसले जनाएको छ ।
आज बिहान १० बजे महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन हुनेछ भने आजै बन्दसत्र सुरु गर्ने तयारीमा कांग्रेस छ । नयाँ नेतृत्वको लागि मतदान भने सोमवार बिहान ८ बजेदेखि शुरु गर्ने कार्यतालिका छ ।
महाधिवेशनले आउँदो ५ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा करिब ४ हजार ६ सय प्रतिनिधि सहभागी हुँदैछन् ।