Indrenionline.com

राप्ती साहित्य परिषद्मा प्रतिभा छनोट समिति गठन

इन्द्रेणी संवाददता
दाङ, २१ मंसिर । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको तेस्रो बैठक सोमवार घोराहीमा सम्पन्न भएको छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षतामा बसेको बैठकले यज्ञबहादुर बुढाथोकी स्मृति साहित्य,कला, सङ्गीत प्रतिभा छनोट समिति गठन गरेको छ ।

समितिको संयोजकमा पूर्वअध्यक्ष एवं वर्तमान सल्लाहकार डा. लोकराज पराजुली रहेका छन् । अन्य सदस्यहरुमा संङ्गीतकार सन्तोष श्रेष्ठ र परिषद् जिल्ला उपाध्यक्ष शारदा शर्मा रहेका छन् । साथै बैठकले परिषद् जिल्ला शाखा दाङको कार्यसमिति सदस्यमा साहित्यकारद्वय हरिप्रसाद पौडेल स्वर्णशिखा र विना रोकालाई सदस्यमा मनोनीत गरेको छ ।

त्यसैगरी निमादेवी खनाल बालकविता प्रतियोगिता २०७८ सम्पन्न गर्न दाङका तिनै क्षेत्रमा संयोजक तोकिएको छ । जसमा घोराही क्षेत्रका लागि परिषद् दाङ शाखाका कोषाध्यक्ष यम रेग्मी, तुलसीपुर क्षेत्रका लागि सदस्य विमला डाँगी ूविकलताू र देउखुरी क्षेत्रका लागि सदस्य आर्शिष कल्पबृक्षलाई जिम्मेवारी दिने निर्णय गरिएको अध्यक्ष दीपक शर्मा समीरले जानकारी दिएका छन् ।

बैठकमा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष समीरले विषयवस्तु माथि प्रवेशसहित बैठक शुरु गरेका थिए । उपाध्यक्ष शारदा शर्माको स्वागत तथा कोषाध्यक्ष यम रेग्मीले आर्थिक र सदस्य विमला डाँगी विकलताले गतिविधिबारे जानकारी गराएका थिए । बैठकमा छलफल भएका प्रस्तावहरुको लिपिबद्ध परिषद्का सचिव प्रकाश केसीले गरेका थिए ।