संघीय गठबन्धनले पनि आगामी सरकारसागको सहकार्यका विषयमा आज ठोस धारणा ल्याउने भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न निशर्त सहयोग सहयोग गर्ने हिजो निस्कर्ष निकालेको गठबन्धनले आज त्यसमा हुने सहभागिताका विषयमा पनि धारणा ल्याउने छ ।
जेठ २५ देखि असार मसान्तसम्म खुलामञ्चमा चलेको रिले अनशनको समीक्षा पनि बैठकले गर्नेछ । हिजोको बैठकमा मधेसी मोर्चाका घटकमध्ये तमलोपा, सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतो, तमसपाका शीर्ष नेता उपस्थित भएन । आजको बैठकले अहिले केहीबेरमा सुरु हुँदैछ ।