बुटवल, २० मंसिर । लुम्बिनी प्रदेशमा कांग्रेसभित्र संस्थापन इतरको समूह बलियो सावित भएको छ । लुम्बिनीमा प्रदेश सभापतिसहित धेरै पदाधिकारी संस्थापन इतर समूहका विजयी भएपछि बलियो सावित भएको हो ।
उपसभापतिमा गुल्मीका भुवनप्रसाद श्रेष्ठले ८ सय ४७ र दाङका राजु खनालले ७ सय ९२ मत प्राप्त गरी विजयी भएका छन् । खनालसँग पुन समूहका रुपन्देहीका अष्टभुजा पाठक पराजित भए।
त्यस्तै महामन्त्रीमा नवलपरासीका विक्रम खनाल ८ सय ४४ र कपिलवस्तुका सुरेन्द्रराज आचार्यले ८ सय ३९ मत ल्याएर विजयी भए । सहमहामन्त्रीमा अर्घाखाँचीका विष्णु खनाल मुस्कान ८ सय ५९ र दाङका खगराज पाण्डे ७ सय ७६ मत ल्याएर निर्वाचित भए ।
सहमहामन्त्री महिलातर्फ प्युठानकी निमा गिरी ८ सय ३० मत प्राप्त गरी विजयी भए । विजयी ८ जना पदाधिकारीमध्ये एक जना उपसभापति राजु खनालबाहेक सबै अमरसिंह पुनले नेतृत्व गरेको संस्थापन इतर समूहको प्यानलका उम्मेदवार हुन् ।