इन्द्रेणी संवाददाता
नेकपा माओवादी केन्द्रको हेडक्वाटर बैठक आज बस्दैछ । बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बस्ने बैठकमा अबको सत्ता गठबन्धनको अभ्यास र पार्टीभित्रको आन्तरिक गरि दुईवटा एजेण्डामा छलफल हुनेछ ।
उहाँले पार्टीको हेडक्वाटर, पोलिटब्युरोमा सदस्यको चयन र महाधिवेसनका एजेण्डामा छलफल हुने बताउनुभयो । प्रवक्ता भूसालका अनुसार केन्द्रीय कार्यालयमा रिक्त १०, सचिवालयमा रिक्त १८ र पोलिटब्युरोमा रिक्त ७७ सदस्य सोमबारको बैठकले थप गर्नेछ । त्यसो गर्दा माओवादी हेडक्वार्टर सदस्य ३३, सचिवालय ९९ र पोलिटब्युरो २ सय ९९ सदस्य हुन जानेछन् ।