इन्द्रेणी संवाददाता
चितवन, १४ मंसिर। पर्याय चुनावहरुमा आफू र आफ्नो प्यानललाई भोट माग्दा आफू र आफ्नो प्यानलका व्यक्तिहरुमा भोट हाल्नका लागि सही चिह्न अर्थात टिक लगाएको पर्चा बाँडिएको देखिन्छ ।
अध्यक्ष पदमा केपी शर्मा ओली र भिम रावलबीच प्रतिस्पर्धा हुने भएपनि ओली पक्षले भिम रावललाई भोट नहाल्नु भन्दै प्रतिनिधिहरुलाई यस्तो पर्चा बाँडिएको भेटिएको छ । ओलीले सर्वसम्मत नयाँ नेतृत्व चयनमा असफल भएपछि अहिले चुनावमार्फत नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ ।