सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिरको दोस्रो हप्ता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आइतबार बसेको बोर्ड बैठकले प्रतियोगिता मंसिर ८ गतेदेखि १५ गतेसम्म गर्ने निर्णय गरेको हो ।
यस्तै १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीका लागि राखेपका सदस्य सचिव केशवकुमार विष्टको संयोजकत्वमा डेस्क बनाउने निर्णय भएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिनुभयो ।