जुम्ला, १० मंसिर । जुम्लाको तिला गाउँपालिका वडा नंं. ९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ। सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो।
उक्त घटनाको खबर प्राप्त भएलगत्तै रारास्थित प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थलतर्फ जानका साथै मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालयबाट एक टोली खटाइएको छ । रासस