Indrenionline.com

आउँदो चुनावपछि एमाले वहुमतका साथ सरकारमा आउँछ : ओली

g]skf -Pdfn]_ cWoIf cf]nL dxflwj]zgnfO{ ;Daf]wg lrtjg, !) dªl;/ M g]skf -Pdfn]_ cWoIf s]kL zdf{ cf]nL g]kfn sDo'lgi6 kf6L{ -Pdfn]_ sf] z'qmaf/b]lv b]j3f6df ;'? ePsf] b;f}F /fli6«o dxflwj]zgnfO{ ;Daf]wg ub}{ . t:jL/ M k|bLk/fh jGt÷/f;;

चिवतन, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा नेकपा एमाले वहुमतका साथ सरकारमा आउने बताएका छन् ।

आजदेखि चितवनमा शुरु भएको एमालेको १० औं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब लगतै तीन तहको चुनाव आउने र ती चुनावमा एमालेले बहुमतका साथ सरकारमा जाने दावी गरे ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नेकपा एमाले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्दै जनताको मन जितेर वहुमतका साथ सरकारमा जाने बताए । “हामी अब चुनावको तयारीमा जानेछौँ । देशको सार्वभौमसत्ता र लोकतन्त्रको रक्षाका लागि एमालेले एकल बहुमत ल्याउनुपर्ने छ”, ओलीले भन्नुभयो ।