काठमाडौँ, १० मङ्सिर । आज काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत ४० भन्दा बढी जिल्लामा पार्टीको जिल्ला अधिवेशन गर्दैछ । दुई वटाभन्दा बढी निर्वाचन क्षेत्र भएका ४० भन्दा बढी जिल्लामा जिल्ला अधिवेशन गरिने निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले बताएका छन् ।
कोषाध्यक्ष भने पार्टीको जिल्ला सभापतिले निर्वाचित सदस्यमध्येबाट मनोनीत गर्ने प्रावधान छ । सदस्य निर्वाचन क्षेत्रका आधारमा कार्यसमितिमा चयन हुनेछ ।