काठमाडौँ, साउन ३ गते । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएकाले आर्थिक विधेयक पारित नभए मुलुक समस्यामा पर्ने बताउनुभएको छ । साथै, उहाँले व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव पेस भएकाले अहिले नै यो सरकारलाई अल्पमतमा प¥यो भन्दै राजिनामा माग्नु असंवैधानिक हुने बताउनुभयो ।