इन्द्रेणी संवाददाता
दाङ, ९ मंसिर । नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरुको संगठन प्रेस सेन्टर लुम्बिनी प्रदेशमा नयाँ कार्यसमिति चयन भएको छ । आज दाङको भालुवाङमा सम्पन्न दोस्रो सम्बोधनबाट पुनः मानसिङ बिश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
त्यस्तै खुला सचिबमा टीकाराम पोख्रेल, दिबाकर पोख्रेल र गणेश पाण्डे, महिला सचिबमा भावना सुवेदी, जनजाति सचिबमा गजेन्द्र गुरुङ, दलित सचिबमा चिन्ताबहादुर दर्जी, मधेशी सचिबमा आलम खान र कोषाध्यक्षमा मनिष कार्की चयन भएका छन् ।
त्यसैगरी लेखा समिति संयोजकमा शीतल थापा र अनुशासन समिति सदस्यमा माया केसीलाई जिम्मेवारी दिइएको छ ।