काठमाडौं, २ मंसिर । अब सर्वाेच्चमा गोलाप्रथाबाट इजलास तोकिने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू आज सम्पन्न फुलकोर्ट बैठकले गोलाप्रथा प्रणालीबाट इजलास तोक्ने गरी नियमावली संशोधन गरेको हो ।
गोलाप्रथा प्रणालीका लागि निर्देशिका समेत बनिसकेको छ । कार्यविधिअनुसार हरेक दिन बिहान १० बजे प्रधानन्यायाधीश, न्यायाधीश, मुख्य रजिस्ट्रार र मुद्दा व्यवस्थापनमा संलग्न कर्मचारी तथा सूचना प्रविधि प्राविधिकको उपस्थितिमा गोलाप्रथा प्रक्रियाद्वारा इजलास गठन र दैनिक पेसी सूची निर्धारण हुनेछ ।