इन्द्रेणी संवाददाता
ओखलढुङ्गा, २९ कार्तिक । ओखलढुङ्गाको चम्पादेवी ककनी मन्दिरका लागि दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
जीप सडकबाट झण्डै ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएकाहरुलाई भने उपचारका लागि काठमाण्डौ पठाउन हेलिकप्टर बोलाइएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
