काठमाडौं, २९ कार्तिक । वडा र पालिका अधिवेशनसँगै अधिकांश प्रतिनिधि सर्वसम्मत छनोट गरेर एमालेले केन्द्रीय नेतृत्व पनि सर्वसम्मत बनाउने कोसिसमा छन् ।
नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पदमा महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र माोपार्टी माओवादी केन्द्रबाट एमालेका छिरेका रामबहादुर थापा बादल आकांक्षी देखिएका छन् । अधिकांश तीनै नेता ओलीनिकट मानिन्छन्।
एमालेले विधान महाधिवेशनबाट १५ सदस्यीय पदाधिकारी रहने गरी दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरिने विधान पारित गरेको छ ।