इन्द्रेणी संवाददाता
भालुवाङ, २८ कार्तिक । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले रदेशसभामा पेश भएको सञ्चारसम्बन्धी विधेयक तत्काल फिर्ता गरी पुनर्लेखन गर्न माग गरेको छ । आज प्रदेशको स्थायी राजधानी भालुवाङमा सम्पन्न दोस्रो बैठकबाट यस्तो माग गरिएको हो ।
त्यसैगरी बैठकले विभिन्न ५ विभागहरु पनि गठन गरेको छ । जसअन्तर्गतअनुसासन विभाग संयोजक शुक्रऋषि चौलागाईं, महिला विभाग संयोजक चुमा आचार्य, संगठन विभाग संयोजक विक्रम खड्का, समावेशी विभाग संयोजक शिव सुनार र प्रकाशन विभाग संयोजक केशरमान बुढाथोकीलाई तोकेको छ ।
त्यस्तै रुकुम पूर्वमा मंसिर मसान्तसम्म महासंघको शाखा गठन गर्ने पनि बैठकले निर्णय गरेको छ ।