रोल्पा, २८ कार्तिक । रोल्पामा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा माडी–६ हान्डिङका ५१ वर्षीय चालक रुद्र पुन, ५३ वर्षीय टेकबहादुर पुन, ४७ वर्षीया चौसरा विक र १८ वर्षीय लीला पुन रहेका छन् । लिलाको उपचारका क्रममा रोल्पा अस्पताल रेउघा ल्याउँदै गर्दा ज्यान गएको हो भने अन्य तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।
यस्तै घाइते हुनेहरूमा त्यही ठाउँकी २१ वर्षीया बीना घर्ती र ६१ वर्षीया पञ्चना विक रहेका छन् । घाइतेहरूको रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको छ । उनीहरूको अवस्था गम्भीर रहेको हुँदा चार जनाको ज्यान गएको रोल्पा प्रहरीले जनाएको छ ।
।