निवर्तमान सभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी धर्मपत्नी दिवंगत भएको एक बर्षमा सीता महराको बार्षिकी मनाउनुका साथै महराको स्मृतिमा निर्माण गरिएको ‘सीता महरा स्मृति पार्क’ उद्घाटन गरिएको छ ।
सीता महरा मेमोरियल फाउन्डेसनद्धारा महराको गृह जिल्ला रोल्पा नगरपालिका १ मेबाङमा निर्माण गरिएको आकर्षक स्मृति पार्क लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले गरेका हुन् ।
पार्क उद्घाटन तथा श्रद्दान्जली कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले दिवंगत सीता महराका पति कृष्ण बहादुर महरा जनयुद्धकाे समयमा भुमीगत हुदाँ पनि बालबच्चा बोकेर युद्धमा लागेकी सङ्घर्षशील आमा स्वर्गीय सीता महराको राजनैतिक तथा व्यक्तिगत जीवनको चर्चा गर्दै उदाहरणीय व्यक्तित्वकाे रुपमा स्मरण गरे । कार्यक्रममा फाउन्डेसनका संरक्षक कृष्ण बहादुर महराले स्वर्गीय धर्मपत्नी सीता महराको तस्बिर अनावरण गर्दै माल्यअर्पण गरेका थिए ।
दिवंगत सिता महराले रोपेर हुर्काएका आकर्षक फूल लालीगुराँस, चाइनिज टिमुर लगायत थुप्रै बोटबिरुवाहरूलाई संरक्षण गरेर स्मृति पार्कलाई आकर्षक र मनोरम बनाइएको छ । साथै पार्कमा आकर्षक कला र डिजाइनले पर्यटकको मनै लोभ्याउने गरेको पाइन्छ ।
पार्क निर्माण सीता महरा स्मृति फाउन्डेशन ,संघीय सरकार र जन श्रमदानकाे सहयाेग गरिएको हो । पार्क महराकाे निवाससँगै जाेडिएकाे । फाउन्डेसनकाे अध्यक्ष महराकी जेठी छोरी तेजकुमारी महरा ‘ उन्नती ‘ हुन ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र पुन ‘सिजल’ माओबादी केन्द्र लुम्बिनी प्रदेश प्रमुख सचेतक तुलाराम घर्ती ‘ बसन्त ‘ नेता झक्कु प्रसाद सुवेदी, रोल्पा नगरपालिकाका मेयर पुरण केसी, उप-मेयर मन कुमारी घर्ती , प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा लगायत पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियाे ।
सीता महराको स्मृतिमा स्थापना गरिएको फाउन्डेसनले थप अरु जिल्लाहरुमा पनि शाखा बिस्तार गरि सामाजिक काम गर्ने फाउन्डेसनका संरक्षक कृष्णबहादुर महराले बताए । तत्कालिन जनयुद्धको उद्गम थलो रोल्पामा जनयुद्धका एक कुशल अभिभावक सीता महरा स्मृतिमा निर्माण गरिएको पार्क एउटा मनोरम पर्यटकीय गन्तव्य बनेको स्थानीहरु बताउँछन ।