Indrenionline.com

भीम रावलले दिए कार्यदल संयोजकबाट लिखित राजीनामा

काठमाडौं, १४ कार्तिक । १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेकपा एमालेका उपाध्यक्ष भीम रावलले कार्यदलबाट लिखित राजीनामा दिएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्न इच्छा नदेखाएको भन्दै कार्यदल संयोजकबाट राजीनामा दिएको नेता रावलले बताएका छन् ।

एमाले विभाजन अघि माधव नेपाल पक्षमा खरो रुपमा लागेका रावलले १० बुँदे सहमति भन्द्र नेपालको साथ छोडेका थिए । नेता नेपालले नेकपा समाजवादी पार्टी नयाँ पार्टी दर्ता गरिसकेको छन् ।