Indrenionline.com

प्रधानन्यायाधीशको राजीनामा माग्दै कालोपट्टी बाँधेर प्रर्दशन

काठमाडौं, १४ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा गर्दै आएका नेपाल बार एसोसिएशनका कानून व्यवसायीहरुले आजदेखि आन्दोलन शुरु गरेको छन् ।

आन्दोलनको पहिलो दिन आज कानुन व्यवसायीले बिहान एक घण्टा हातमा कालो पट्टी बाँधेर प्रदर्शन गरे । बारको नेतृत्वमा उनीहरुले बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा विरोध गरेका हुन् । बारले प्रधानन्यायाधीश जबराले न्यायपालिकाको गरिमा कायम राख्न नसकेको भन्दै राजीनामा दिएर मार्ग गर्दै आएको छ

बारले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन ५ दिनको समयसीमा दिएको छ । आउँदो बुधवारसम्म बिहान १० देखि ११ बजेसम्म कालो पट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम गर्ने र १६ गते बारको प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने बारको कार्यक्रम छ ।