इन्द्रेणी संवाददाता
काठमाडौं, ९ कात्तिक । सर्वोच्च अदालतबाट हुने न्याया सम्पादन प्रभावित भएको छ । मन्त्रिपरिषद् विस्तारका बिषयामा उत्पन्न विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेनन्।
यता आज मङ्गलवार बिहान प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबरासँग भेट गरेपछि सर्वोच्चका न्यायाधीशहरूले छुट्टै छलफल गरी प्रधानन्यायाधीश जबराबाट न्यायपालिकाको नेतृत्व हुन नसक्ने निष्कर्ष निकालेका हुन् ।उनीहरुले जवराको राजीनामा समेत मागेका छन् ।
