इन्द्रेणी संवाददाता
काठमाडौं, ९ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ ।
त्यसैगरी सो अवधिमा ६२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १० हजार २९६ जना रहेका छन् ।