काठमाडौं, ९ कार्तिक । प्रतिपक्ष दल नेकपा एमालेले आज मंगलबार एकसाथ ७५३ स्थानीय तहमा पालिका अधिवेशन गर्दैछ। अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट १ बजे उद्घाटन गर्ने कार्यक्रम छ
एमालेको नयाँ विधानअनुसार गाउँपालिका र नगरपालिका कमिटीको अधिकतम सदस्य संख्या ७५ हुने व्यवस्था छ। यस्तै, अधिकतम सदस्य संख्या उपमहानगरपालिकामा ८५, महानगरपालिकामा १ सय १ र इलाकामा ५१ हुनेछ। मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका छन्।