काठमाडौं, ८ कार्तिक । बेमौसमी वर्षातका कारण ८ अर्ब २६ करोड ८० लाख रुपैयाँबराबरको धानबाली क्षति भएको छ। बाढी तथा डुबानका कारण ३ लाख २५ हजार २ सय ५८ मेट्रिकटन धानवाली काम नलाग्ने गरी क्षति भएको छ।
वर्षातका कारण भएको डुवानका कारण काटेर भित्र्याउन तयारी रहेको धान खेतमै उम्रिएको छ । पीडित किसानहरुलाई सरकारले राहातका कार्यक्रम ल्याउने भने पनि अहिलेसम्म केही ल्याएको छैन ।