काठमाडौं, ७ कात्र्तिक । अमेरिकाबाट एक लाख ६२० डोज फाइजर खोप सोमबार नेपाल आइपुग्ने छ ।
नेपालस्थित अमेरिकी दूतावासले ट्वीटमार्फत सोमवार एक लाख ६२० डोज फाइजर खोप आउने जानकारी दिएको हो ।
यसअघि गत जुलाईमा अमेरिकाले १५ लाख ३० हजार डोज जोन्सन एण्ड जोन्सनको खोप पठाएको थियो ।