इन्द्रेणी संवाददाता
काठमाडौं, ७ कार्तिक । पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरमा कुल ६ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ५५२ जना र १ हजार १ हजार ५६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी ५५७ जनामा कोरोना संक्रमण देखिएको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २०१ पुगेको छ । आइतवार ८७७ जना निको भएसँगै हालसम्म ७ लाख ८७ हजार ५०७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।