Indrenionline.com

किसानले उत्पादन गरेको दूध बोक्ने भनी खरीद गरेको ट्याङ्कर प्रयोग विहिन

रोल्पा, ५ कार्तिक । किसानहरुले उत्पादन गरेको दूधलाई बजारीकरण गर्ने उद्देश्यले रोल्पा नगरपालिकाले गत तीन वर्ष अघि खरीद गरेको दूध बोक्ने ट्याङ्कर प्रयोग विहिन भएको छ ।

प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा खरीद गरिएको उक्त ट्याङ्कर लामो समयसम्म प्रयोग अवस्थामा छ । प्रयोगमा नआएपछि ट्याङ्कर विग्रिन अबस्थामै पुगेको छ ।

नगरपालिकाले ट्याङ्कर प्रयोगमा ल्याउन नसकेको भन्दै दुग्ध विकास संस्थान बुटवल र नेपालगञ्जले भाडामा दिन आग्रहसमेत गरेका थिए । तर नगरपालिकाले आफैं प्रयोग गर्ने भन्दै दिन नमानेन । तर नगर प्रमुख पूर्ण केसीले भने ट्याङ्कर प्रयोगमा ल्याउने तयारी भइरहेको बताए ।