Indrenionline.com

भवनको तला माथिबाट ‘एलिभेटर’ खस्दा आठ जनाको मृत्यु

पूर्वी चीनको लोङकाउ शरहमा निर्माणाधिन भवनको १८ तलामाथिबाट निर्माण प्रयोजनका लागि सामान ओसार्ने ‘एलिभेटर’ खस्दा आठ जनाको मृत्युभएको स्थानीय प्रशासनले बताएका छन् ।

coal-mine-flooding-datong-china
फाइल तस्वीर

साङदोङ प्रान्तको लोङकाउ शहरको सरकारी वेव साइटमा एलिभेटर १८औँ तलाबाट खसेको र उक्त समयमा कामदारका रुपमा ‘एलिभेटर’ मा रहेका आठ जनाको शुक्रबार मृत्यु भएको बताएको छ ।
अठार तलामाथिबाट खसेका उनीहरुलाई घाइते अवस्थामा उपचारका लागि अस्पताल पु¥याइएपनि गम्भीर चोटका कारण उपचारबाट जोगाउन नसकिएको प्रशासनले बताएको छ ।

चीनमा पछिल्ला वर्षहरुमा कामदारको सुरक्षाका लागि धेरै सुधारजन्य कार्यहरू भएपनि निर्माण नियम पालना नगर्दा कामदाररुको जीवन अझै जोखिमयुक्त रहेने गरेकोे छ ।।