जिल्ला पशु सेवा कार्यालय दाङले व्यवसायीक पशुपालक किसानहरुलाई निशुल्क रुपमा वहुवर्षे घाँसका विरुवा वितरण गर्न सुरु गरेको छ ।
घाँसमा आधारित पशुपालनमा किसानलाई अभिप्रेरित गर्न जिल्ला पशुसेवा कार्यालय दाङले निशूल्क रुपमा वहुवर्षे घाँसका विरुवा वितरण गर्न सूरुगरेको जिल्ला पशुसेवा कार्यालय दाङका पशु चिकित्सक रमेश प्रशाद नेपालीले वताए ।
कार्यालयले ३४ हजार विरुवा र ८ क्विन्टल विउ वितरण गर्न लागेको जिल्ला पशुसेवा कार्यालय दाङले जनाएको छ । वहुवर्षे घाँसमा डाले घाँस तर्फ ६ हजार,नेपियर २८ हजार र ८ क्विन्टल ज्वाइन्टमेज घाँसको विउ वितरण गर्ने पशु चिकित्सक नेपालीले वताए ।
कार्यालयले नवलपरासी र जिल्लाका प्राईभेट फर्ममा उत्पादित घाँसका विरुवा खरिदगरी पशुपालक किसानहरुलाई वितरण सुरु गरेको जानकारी दिएको छ ।
३४ हजार विरुवा र ८ क्विन्टल ज्वान्टभेज वहुवर्षे घाँसको खरिदमा ५ लाख लागत खर्च लागेको कार्यालयले जनाएको छ । यसअघि पञ्चुलेमा वहुवर्षे घाँसका विरुवा वितरण गरेको कार्यालयले आइतवार लालमटिया क्षेत्रका किसानहरुलाई त्यस्ता घाँसका विरुवा वितरण गरेको छ । केही दिनमै शान्तिनगर, उरहरी र धनौरीमा पनि वहुवर्षे घाँसको विरुवा वितरण गरिने जिल्ला पशुसेवा कार्यालय दाङले जनाएको छ । व्यवसायीक ११ पशुपालक किसानहरुलाई समेत वहुवर्षे घाँस उपलब्ध गराउने योजना रहेको कार्यालयले जनाएको छ ।