बाँकेका शैक्षिक अगुवा डा. राज कुमार सेबेदीले यस बर्षको संस्कृतिक बिधामा मध्यपश्चिम बिकास क्षेत्रको क्षेत्रीय प्रतिभा पुरस्कार प्राप्त गर्न सफल भएका छन् । नेपाल सरकारले हरेक वर्ष संस्कृति, संगीत तथा नाट्य, ललितकला र भाषा तथा साहित्य गरी चार विद्यामा पुरस्कार प्रदान गर्दै आएको छ । सोही अन्तरगत मध्यपश्चिम क्षेत्रमा साहित्य बिद्यामा सेवेदीलाई प्रदान गर्न लागेको हो ।