इन्द्रेणी संवाददाता
काठमाडौं, २३ असोज। नेपालमा पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वितेको २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २३२ पुगेको छ ।
त्यस्तै वितेको २४ घण्टामा ८९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ३४० जना रहेको छ ।