Indrenionline.com

माओवादीले दुई मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगायो

इन्द्रेणी संवाददाता
काठमाडौं, २० असोज। नेकपा माओवादी केन्द्रले सरकारमा थप तीन मन्त्री र एक राज्यमन्त्री पठाउने भएको छ ।

माओवादीले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बनाउने टुंगो लगाएको हो । त्यस्तै बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको माओवादी स्रोतले जनाएको छ । देउवा सरकारमा माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन् ।